Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महेन्द्र माविले ६४ औं वार्षिक उत्सव भव्यताका साथ मनायो

महेन्द्र माविले ६४ औं वार्षिक उत्सव भव्यताका साथ मनायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७९ बुधवार • १४:३९:०९ बजे
  • 2.6K
    SHARES
  • महेन्द्र माविले ६४ औं वार्षिक उत्सव भव्यताका साथ मनायो

    बरंजा -  म्याग्दी मंगला गाउँपालिका वडा नम्बर ३, बरंजा आर्भाङ  स्थित श्री महेन्द्र रत्न माध्यामिक विद्यालयले ६४ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

    images

    विद्यालय व्यवस्थापन अध्यक्ष कर्ण बहादुर थापा (बिलभ) को अध्यक्षता र शिक्षक केशवको संचालन रहेको कार्यक्रमा मंगला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष याम रोकाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी काठमाण्डौबाट आएका प्रशिक्षक इश्वर श्रेष्ठ विशिष्ट अतिथि र अतिथिमा सनसाइन बोर्डिङ्ग स्कुलका संस्थापक बिरेन्द्र रोका, वडा नम्बर ३/४ का दलित महिला प्रतिनिधी, मन कुमारी विक, सिरकला विक लगायत वडा नम्बर ३ का वडा प्रतिनिधि  र चन्दा दाता रहेका थिए। 
     
    कार्यक्रममा शिक्षीका रिता सापकोटाले स्वागत मन्तव्य राखिन भने आर्थिक प्रतिवेदन लेखा कर्मचारी नरमाया रोकाले  प्रस्तुत गरेकि थिइन । प्रमुख अतिथि याम रोकाले वडाले सकेको सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । उनले केहिसमय पहिला यस स्कुलको संयोजक रहेर काम गरेका थिए ।

    विद्यालयको वार्षिक उत्सव कार्यक्रममा प्रशिक्षक इश्वर श्रेष्ठले ३ घण्टा भन्दा बढी समय अभिभावक तथा विद्यार्थी  शिक्षकहरुलाई कसरी पढ्ने, अभिभावक र स्कुलको सम्बन्ध कसरी राम्रो बनाउने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थीहरु कार्यक्रम अवधिमा निकै भाबुक भएका थिए भने यस कार्यक्रमले अभिभावक, विद्यार्थीमा परिवर्तन आउने उपस्थित अभिभावकहरुले बताए ।

    विद्यालयको वार्षिक उत्सव  कार्यक्रममा विद्यार्थीहरुले सदन अनुसार नृत्य  प्रस्तुत गरेका थिए । ६४ औं वार्षिक उत्सव कार्यक्रममा स्कुलका प्र.अ कृणालाल सापकोटाले यस स्कुलले अब्बल विद्यार्थी उत्पादन गर्दै आएको भए पनि पछिल्लो समयमा केही समस्या आएको बताए । अहिले देखिएको समस्या समाधान गर्नको लागि अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई विद्यालयको ६४ औं वार्षिक उत्सवको अवसरमा प्रशिक्षण कार्यक्रम राखेको छौ यसले आगामी दिनमा केहि सुधार हुने बताए । साथै भूतपूर्व विद्यार्थी क्लबलाई पनि धन्यबाद दिदै आगामी दिनमा पुलको काम गर्न अनुरोध गरेका थिए ।

    भूतपूर्व विद्यार्थी क्लबले १६ पुसमा स्वास्थ्य दन्त शिबिर राखेर २५० भन्दा बढी विद्यार्थीले लाभ लिएका थिए । त्यस्तै कार्यक्रमको समापन गर्दै विद्यालय व्यावस्थापनका अध्यक्ष कर्ण बहादुर थापा (बिलभ)ले स्कुलले शिक्षाको साथै भौतिक पुर्वधार निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताए । युवाले चाहे परिवर्तन सम्भव छ । हामी त्यही परिवर्तन गर्न यहाँ आएको छौ । हाम्रो यो अभियानमा हातेमालो गरेर अगाडि बढ्न अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology