Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु

भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २०, २०७९ बुधवार • १५:०२:४० बजे
  • 859
    SHARES
  • भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु

    बुटवल - अर्घाखाँचीमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी रामबहादुर मृत्यु भएको हो ।

    images

    वडा अध्यक्ष रामबहादुर क्षेत्रीका अनुसार घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुको आक्रमणमा परेर बृद्धले  ज्यान गुमाएका हुन ।

    जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए ।

    जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology