Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्वारेन्टाइनमा बसेका एक युवकको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला

क्वारेन्टाइनमा बसेका एक युवकको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १, २०७७ बिहिवार • १४:०६:३७ बजे
  • 1.2K
    SHARES
  • क्वारेन्टाइनमा बसेका एक युवकको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला
    तिलोत्तमा — रूपन्देहीको देवदह नगरपालिका–३ सेमरानास्थित आदिवासी जनजाति भवनको क्वारेन्टाइनमा बसेका एक युवकको पासो लगाएर झुन्डिएको अवस्थामा शव फेला परेको छ । देवदह–४ का ती युवक भदौ १७ गते भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    उनले बिहीबार बिहान साढे २ बजेतिर क्वारेन्टाइनको छतमा जाने सिँढीमा रहेको बिममा झुन्डिएर आत्महत्या गरेको नगरपालिकाको सीआईसीडी संयोजक मेघनाथ न्यौपानेले बताए ।

    ती युवककी आमा बिरामी रहेको र आर्थिक स्थिति कमजोर भएकाले मानसिक तनाब भई आत्महत्या गरेको हुन सक्ने न्यौपानेको भनाइ छ । उनका अनुसार ती युवकले बुधबार राति छतमा जाने, पानीमा रुझ्ने, तल झर्न नमान्नेजस्ता क्रियाकलाप देखाएका थिए ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले युवकको मृत्यु के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology