Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित संगठनले गलत नीतिको लक्षमण रेखालाई तोडेर सडकमा आउनुपर्छ :आहुति

दलित संगठनले गलत नीतिको लक्षमण रेखालाई तोडेर सडकमा आउनुपर्छ :आहुति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • १९:४०:१० बजे
  • 2.5K
    SHARES
  • दलित संगठनले गलत नीतिको लक्षमण रेखालाई तोडेर सडकमा आउनुपर्छ :आहुति

    विश्लेषक तथा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले रुकुम सोती हत्या काण्डलाई विभिन्न राजनैतिक दलहरुले समाज परिर्वतनको मुख्य एजेण्डा बनाएर ग्रहण गर्नुपर्ने बताएका छन् ।
    अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा गरिएको नरसंहारयुक्त घटनाको विरुद्धमा एक महिना अघिदेखि आन्दोलन सुरु गरेको संयुक्त राजनीतिक दलित संघर्ष समितिको शुक्रबार गरेको बानेश्वरको सडक बहसमा आहुतिले समाज परिर्वतनको मुख्य एजेण्डा बनाएर ग्रहण गर्नुपर्ने बताएका हुन् ।
    राज्यले रुकुम हत्याकाण्डका हत्याराहरु बचाउँने दाउँपेजको कारण मुद्दालाई लड्काईसकेकाले आन्दोलन संकटमा पर्दै गएको आहुतिले दावी गरे । उनले मुद्दालाई हल गर्न र न्याय पाउनका लागि राजनैतिक दलहरुले गम्भिरतापूर्वक यसलाई मुख्य एजेण्डा बनाउनुपर्ने तर्क राखे । ‘रुकुम हत्या काण्डलाई पचाउन चाहाने तत्वले मुद्दा अन्त्यै तिर लगि नै सक्यो, आहुतिले भने’ अब त्यो अपराधीहरुलाई सजायको कठघरामा ल्याउनका लागि एउटै मात्र उपाय आन्दोलनको निरन्तरता र व्यविस्थत आन्दोलन हो ।’

    images

    निरन्तर र व्यवस्थित आन्दोलनमा जनजाति महासंघ, विभिन्न पार्टीहरुका भातृसंगठन एकतावद्ध रुपमा सडकमा आउनुपर्ने उनको भनाई छ ।
    पार्टी चलाउने क्रममा गलत नीति र गलत प्रशिक्षणका कारणले धेरै दलितहरु जम्मा भएको दलित मुक्ति संगठनका दलितहरु आफ्नो गलत प्रशिक्षणको लक्ष्मण रेखालाई तोडेर सडकमा आउनुपर्नेमा उनले जोड दिए । ‘आगामी चरणको आन्दोलनमा आउने संकटलाई बचाएर मुद्दाको ठोस निष्कर्षमा पु¥याउन नयाँ ढंगले सोँचेनौ भने यतिले मात्र पुग्दैन,आहुतिले भने । ’
    अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा गरिएको नरसंहारयुक्त घटनाको विरुद्ध गदै एक महिना अघिदेखि आन्दोलनमा उत्रिएको संयुक्त राजनीतिक दलित संघर्ष समितिको बानेश्वर सडक बहसको प्रत्यक्ष प्रशारण प्राइम टेलिभिजनबाट गरिएको थियो । बहसमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, समाजवादी पार्टी नेपालका नेता अशोक राई, प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, साझा पार्टीका रविन्द्र मिश्र, सांसद लक्ष्मी परियार,क्रान्तिकारी माओवादीबाट सीपी गजुरेल र आहुतिले जात व्यवस्थाबारे पार्टीभित्रका बहस सिर्जना गर्ने सक्छ कि सक्दैनन् भन्ने प्रश्नको चर्चा समेत चलेको थियो ।
    अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र जेल चलान गर्न आदेश दिएकाे राति नै जिल्ला कारागार चलान गरिएको थियो। यसअघिको आदेशमा दुईजना नाबालक नवराजकी प्रेमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने भनेको थियो।

     

    रुकुम पश्चिम जिल्ला अदालतले बुधबार सोतीगाँउमा भएको नरसंहारयुक्त घटनाको मुख्य योनाकारमध्येकी शुष्मा मल्लकी आमालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे थियो । धरौटी रकम तिर्न नसकेपछि  उनलाई शुक्रबार कारागार चलान गरिएको छ ।

     दलित अनलाईन

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology