Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला

म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १, २०७७ बिहिवार • १९:३४:५४ बजे
  • 1.4K
    SHARES
  • म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला
    गलेश्वर -  म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

    एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

    प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।
     
    तस्विर : कृष्ण जी (Krishna Raj Poudel)  नमस्ते म्याग्दी डिजिटल फाेटाे सेन्टर.

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology