Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा

पोखरा २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २, २०७७ शुक्रवार • १५:३१:५८ बजे
  • 2.1K
    SHARES
  • पोखरा २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा
    कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा ५ घर परिवार बिचल्लीमा परेका छन् ।

    मङ्गलवार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताइन् । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उनको भनाई छ ।

    स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन् ।मानवीय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन् । 

    पोखरा २२ का वडासदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयलाई सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताए ।

    वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology