Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनका रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई शुक्रबार कोरोना पुष्टि

चितवनका रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई शुक्रबार कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २, २०७७ शुक्रवार • १५:४७:१६ बजे
  • 1.0K
    SHARES
  • चितवनका रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई शुक्रबार कोरोना पुष्टि
    चितवनका रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई शुक्रबार कोरोना पुष्टि भएको छ । स्वाव दिएको पाचँ दिन पछी बनलाई कोरोना पुष्टी भएको हो । 

    भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो ।

    नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य छ । स्वाब दिने बेलामा केही लक्षण देखिएको भए पनि अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको मेयर बनले बताए ।

    उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology