Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुत्केरी खान माइत आएकी निरुताको एक महिनाको छोरालाई खोलाले बगाउदा निधन

सुत्केरी खान माइत आएकी निरुताको एक महिनाको छोरालाई खोलाले बगाउदा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २, २०७७ शुक्रवार • १५:५४:४९ बजे
  • 1.2K
    SHARES
  • सुत्केरी खान माइत आएकी निरुताको एक महिनाको छोरालाई खोलाले बगाउदा निधन
    ठोरी–माडी सडकखण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिशु कञ्चनपुरका सन्तोष सुनार र निरुताका करिब एक महिनाका छोरा रहेका छन् ।

    कञ्चनपुरबाट पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगरस्थित निरुताको माइती घरमा जाने क्रममा बिहीबार राति करिब १० बजेको समयमा टिउकी खोलाले बगाउँदा शिशुको मृत्यु भएको हो ।

    ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवरका अनुसार बसका यात्रुलाई ट्याक्टरमा सिफ्ट गरेर फर्कने क्रममा टिउकी खोलाको बाढीले ट्याक्टर बगाएको थियो ।

    खोलाले ट्याक्टरलाई पल्टाउन खोज्ने क्रममा सन्तोषकी श्रीमती निरुताको काखबाट छोरा एक्कासी खोलामा खस्न पुगेको बताइएको छ । सन्तोष, निरुतालगायत अन्य यात्रुलाई भने नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको उनले बताए ।

    वडाध्यक्ष कुँवरका अनुसार सुत्केरी खानका लागि निरुता एक महिनाको छोरालाई लिएर माइत आएकी रहेछन् । बच्चा सानै भएका कारण सन्तोष पनि सुत्केरी श्रीमतीलाई ससुरालीसम्म पुर्‍याउन आएका थिए । सोही क्रममा उनको परिवार दुर्घटनामा परेको हो ।

    अविरल वर्षा र बाढीका कारण शुक्रबार बिहान मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले बेपत्ता बालकको खोजी गर्दा शव फेला पारेको वडाध्यक्ष कुँवरले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology