Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छुवाछुत र विभेद गर्ने संस्कार परिवर्तन गर्न आजको आवश्यकता : प्रजिअ ढकाल

छुवाछुत र विभेद गर्ने संस्कार परिवर्तन गर्न आजको आवश्यकता : प्रजिअ ढकाल

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

आषाढ १३, २०७७ शनिवार • २१:२७:१७ बजे
  • 2.3K
    SHARES
  • छुवाछुत र विभेद गर्ने संस्कार परिवर्तन गर्न आजको आवश्यकता : प्रजिअ ढकाल

    मयूरपाटी - म्याग्दी सदरमुकाम बेनीमा नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको विषयमा संरकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजना ,दलित युवा सञ्जालको सह–आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

    images

    DSC_0012.jpg


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कार्यक्रममा प्रमुख अतिथि ज्ञाननाथ ढकालले दलित समुदायमा पहिचान ,पहुँच र प्रतिनिधित्वको अभाव भएकोले राज्यका हरेक संयन्त्रमा प्रतिनिधित्व पुर्याउनका लागि सरकारले दिँदै आएको आरक्षणलाई थप प्रभावकारी ढंगले लागु गर्दै छुवाछुत मुक्त समाज निर्माणमा अवका कार्यधार के हुने ? भन्ने सवालमा प्रजिअ ढकालले भन्नुभयो ,‘विभेद गर्ने संस्कृतीको विषय भएकोले संस्कार परिवर्तन गर्नु आजको आवश्यकता हो ।’ पिछडिएका दलित समुदायका लागि स्थानीय तहहरुले शसक्तीकरणका कार्यक्रमहरु संचालन गर्नुेमा उहाँले जोड दिनुभयो ।

    DSC_0046.jpg

    ‘छुवाछुतको जरो जहाँ छ त्यहाँ पुगेर सचेतनाका कार्यक्रमहरु संचालन गर्न दलित अधिकार कर्मीहरहरुलाई आग्रह गर्दछु ’,–प्रजिअ अधिकारीले थप्नुभयो,‘पण्डित ,पुरोहित र सम्पुर्ण गैरदलितहरुलाई एकै ठाउँमा राखेर सकरात्मक दृष्टिकोणबाट सचेतनाका कार्यक्रमको आयोजना गर्नुस्, आवश्यक समन्वयका लागि म पनि तयार छु । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुवँरले दलितसंग सम्बन्धीत घटनाहरुलाई निष्पक्ष छानविन गर्न र दोषीलाई कारबाही गर्न म्याग्दीको प्रहरी प्रशासन तत्पर र कतिबद्ध रहेको बताउनुभयो ।

    tek.jpg

    दलित मुक्ती संगठनका केन्द्रीय सदस्य टेक बहादुर विश्वकर्माले राज्यको निर्णायक तहमा दलित समुदायको उपस्थिती हुन नसक्दा दलितका मुद्धाहरु प्रभावकारी कार्यान्वयन हुन नसक्नु नै अहिले देश भरी जातीय विभेदका समस्या आएको छ । यदि दलित समुदायका मान्छे उपल्लो तहमा भएको भए यस्ता घटना कम मात्रामा हुने बताउनुभयो ।

    कार्यक्रममा सामाजिक अध्यता चन्द्रमणी सापकोटाले नेपालमा छुवाछुतको विकासक्रम र निराकरणका उपायहरुको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्र माथि दलित युवा सञ्जालका केन्द्रीय अध्यक्ष पुष्कर विश्वकर्मा , जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला ,नागरिक समाजका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ,जिल्ला बार एसोसियसनका अध्यक्ष चिरञ्जीवि शर्मा , जिल्ला अदालत,म्याग्दीका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटी ,म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरख बहादुर जिसि र प्याव्सन म्याग्दीका सल्लाहकार राजकुमार थापाले टिप्पणी गरेका थिए ।

    tk 2.jpg

    उक्त अन्तरक्रिया कार्यक्रम संघर्ष समिति म्याग्दीका संयोजक याम किसानको अध्यक्षता , दलित युवा सञ्जाल म्याग्दीका सदस्य भोजबहादुर थापा किसानको स्वागत र संजालका संयोजक किसान विश्वकर्माकाे संचालनमा सम्पन्न भएको थियोे ।

    Photo by Amit Bishwokarma

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology