Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शनिबार विहान बुटवल र चितवनमा एक–एक जना कोरोना संक्रमितको मृत्यु

शनिबार विहान बुटवल र चितवनमा एक–एक जना कोरोना संक्रमितको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • ०९:१५:३२ बजे
  • 1.4K
    SHARES
  • शनिबार विहान बुटवल र चितवनमा एक–एक जना कोरोना संक्रमितको मृत्यु
    बुटवल र चितवनमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं। १० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

    यसैगरी चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं। १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

    रौतहटकी महिलाको विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

    उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा। लम्सालले जानकारी दिए । चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाका मात्रै १७ जना छन् ।



    योसँगै बुटवलमा २ जना महिला र ६ पुरुषसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology