Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा एक चिकित्सक सहित १३ जनामा कोरोना पुष्टी, को कहाँ हेर्नुस..................

पोखरामा एक चिकित्सक सहित १३ जनामा कोरोना पुष्टी, को कहाँ हेर्नुस..................

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • १२:५७:४४ बजे
  • 3.2K
    SHARES
  • पोखरामा एक चिकित्सक सहित १३ जनामा कोरोना पुष्टी, को कहाँ हेर्नुस..................
    पोखरा महानगरपालिकामा १ चिकित्सक सहित  १३ जनामा कोरोना पुष्टी भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको दोस्रो बिज्ञप्ती अनुसार पोखरा ४ पोखरा विश्वबिधालयमा कार्यरत चिकिस्तक सहित ३ पुरुष १ महिला, वडा नम्बर ६ र ७ का का १÷१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै वडा नम्बर ८ का ३ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर १२ का २ जना महिला, वडा नम्बर २७ तथा ३० का ११ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

    त्यसै गरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय २ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology