Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै दिप प्रज्वलन

डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै दिप प्रज्वलन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • २२:२०:१९ बजे
  • 2.8K
    SHARES
  • डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै  दिप प्रज्वलन
    डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै नागरिक समाजले खलंगा बजारमा रहेको कृष्ण मन्दिर अगाडि दिप प्रज्वलन गरेको हो ।

    डा.केसीले उठाएका मागहरु जायज भएकाले तत्काल सम्बोधनका लागि सरकारलाई दबाब दिन हरेक साँझ दिप प्रज्वलन गर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

    'जुम्लाका आमनागरिक डा।केसीको पक्षमा छन्', उनले भने, 'हामी शान्तिपूर्ण ढंगबाट सरकारलाई दबाब दिन विभिन्न कार्यक्रमहरु पनि गर्नेछौं । डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गए पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै नागरिकहरु आक्रोशित बनेको छन् ।

    डा .केसी जुम्लाको चन्दननाथ नगरपालिका ६ रानिचौरस्थित बाविरामष्टको मन्दिरमा अनशन बसेको शनिबार छैटौं दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रँदै गएको चिकित्सकले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology