Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गलकोटको गौदीखोलामा निर्माण शुरु भएको १८ महिनामा सक्नु पर्ने मोटरेबल पुल चार वर्षपछि सम्पन्न

गलकोटको गौदीखोलामा निर्माण शुरु भएको १८ महिनामा सक्नु पर्ने मोटरेबल पुल चार वर्षपछि सम्पन्न

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १३:२८:१२ बजे
  • 1.3K
    SHARES
  • गलकोटको गौदीखोलामा निर्माण शुरु भएको १८ महिनामा सक्नु पर्ने मोटरेबल पुल चार वर्षपछि सम्पन्न
    बागलुङ- बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् ।

    पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तरेर हरिचौर पुग्नुपर्ने बाध्यता थियो ।

    विसं २०७३ असारमा रु तीन करोड सात लाख लागतमा १८ महिनामा सक्ने गरी नयाँबाटो, जुम्ली, आचार्य जेभीसँग सम्झौता भएको थियो । पुल समयमै निर्माण नहुँदा पुलको फाउन्डेशनका कारण हटियाका केही घरसमेत गौदीखोलाको उच्च जोखिममा रहेको थियो ।

    ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माण सम्पन्न नभएको भन्दै गलकोटका स्थानीयवासीले चर्को आलोचना गर्दै आइरहेका थिए । ठेकेदार कम्पनीले भने पुल निर्माणमा पटकपटक अवरोध हुँदा निर्माण सम्पन्न ढिलाइ भएको जनाएको छ ।

    पुल ढलान गर्नका लागि सेटिङ गर्ने क्रममा गौदीखोलामा २०७३ असारमा आएको बाढीले निर्माण सामग्री बगाएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology