Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कार्यरत ६ जना प्रहरी सहित थप १८ जनालाई कोरोना पुष्टि, को कहाँका हेर्नुस...........

पोखरामा कार्यरत ६ जना प्रहरी सहित थप १८ जनालाई कोरोना पुष्टि, को कहाँका हेर्नुस...........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १४:१०:४६ बजे
  • 4.6K
    SHARES
  • पोखरामा कार्यरत ६ जना प्रहरी सहित थप १८ जनालाई कोरोना पुष्टि, को कहाँका हेर्नुस...........
    पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरी सहित पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    निर्देशनालयले संक्रमितमा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षिय पुरुष , वडा १० का ३६ वर्षिय पुरुष , वडा ८ की १७ वर्षिय महिला, वडा २५ का २६ वर्षिय पुरुष र वडा ५ का ५७ वर्षिय पुरुष रहेका छन् ।

    यसै गरी कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ का ५७ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

    यता लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।

    तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् । उनीहरुको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा उपचाररत छन् ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।
    119739836_185622309612221_894074470747771034_o.jpg
    120034000_185577952949990_7255295998733036050_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology