Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घण्टामा कहाँ कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा कहाँ कति थपिए कोरोना संक्रमित ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १७:१६:२८ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा कहाँ कति थपिए कोरोना संक्रमित ?
    पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

    उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

    यस्तै रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०१० जनामा संक्रमण पुष्टि भएको छ ।

    सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका ११ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology