Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १७:२४:१० बजे
  • 976
    SHARES
  • पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु
    कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ। मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितपुर र भक्तपुरमा १–१ जना रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै धनुषामा ७६, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    यसैगरी ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पामा ४० वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology