Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भैरहवामा एकजना बालकको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु

भैरहवामा एकजना बालकको सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ४, २०७७ आइतवार • १८:५५:४५ बजे
  • 1.2K
    SHARES
  • भैरहवामा एकजना बालकको  सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु
    रुपन्देही - रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ।

    जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

    मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology