Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पु्र्ब सांसद बाॅनियाद्दारा लिखित महारानी उपन्यासलाई मदन पुरस्कार

पु्र्ब सांसद बाॅनियाद्दारा लिखित महारानी उपन्यासलाई मदन पुरस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • २०:१२:३४ बजे
  • 1.5K
    SHARES
  • पु्र्ब सांसद बाॅनियाद्दारा लिखित महारानी उपन्यासलाई मदन पुरस्कार
    म्याग्दीका पुर्ब सांसद तथा लेखक  चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको साधारण सभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 

    मदन पुरस्कारको लागि छनौट भएको महारानी उपन्यासमा बाइसे चौविसे राज्यकालमा साना राज्यहरुबिचमा पारस्परीक खिचातानी, जालझेलबाट पार पाउनका लागि राजा रजौटाहरुले अपनाउने कुटनीति, चालबाजी लगायतको ऐतिहासिक कालिन बस्तुचित्र समेटिएको छ । 

    उपन्यासमा पितृसतात्मक सामन्ती व्यवस्थाको संरचनामामा महिलालाई वस्तुकरण गरिएको सन्दर्भहरुलाई समेत उठान गरिएको छ । महारानीमा मुख्य नायिकाको कारुणीक र संवेदनशिल अवस्था निर्माण  गरि तत्कालिन राजनीतिक खिचातानी र स्वार्थमा महिनाको शरीरलाई समेत संवेदनहिन भइ उपयोग गरिन्थ्यो भन्ने समयविम्म समेत समेटिएको छ।

    पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट सात पुस्तकहरु क्रमशः जोकरको बन्दुक(विमल निभा),धर्सैधर्साको चक्रब्यूह(तिर्थयात्रा) परित्यक्ता (भुवन ढुङ्गना) महारसनिघण्टु, (खण्ड १–३) योगी धर्ममहारस, महारानी (चन्द्रप्रकाश बानियाँ),मोहपथ(ललित विष्ट) र यात्रामा (शारदा शर्मा) मदन पुरस्कार सूचि २०७६ का रुपमा छनौंट भएका थिए ।

    सात पुस्तकहरु मध्यबाट बानियाँको महारानी मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ । लेखक बानियाँ म्याग्दीका पूर्व सांसद समेत हुनुहुन्छ । बेनी नगरपालिका ५ पुला भिरमुनी घर भई हाल काठमाण्डौमा रहि म्याग्दीको इतिहासविद्का रुपमा साहित्यीक र खोजमुलक लेखनमा सक्रिय रहनुभएका बानियाँले प्राप्त गर्नुभएको पुरस्कारलाई जिल्लाबाटै प्राप्त अहिलेसम्मकै उच्च तहको पुरस्कारको रुपमा हेरिएको छ । 

    बाॅनिया  कथा, उपन्यास लगायतका साहित्य संगै स्तम्भ र समसामयिक बिषयमा लेखकका रुपमा निरन्तर क्रियाशिल हुनुहुन्छ । उहाँले यस अघि प्रकाशन गरेका ऐतिहासिक पर्वत राज्य, मृत्युसंस्कार मन्थन पुस्तक निकै लोकप्रिय मानिन्छन । बानियाँको भौँज्याहा पुस्तक प्रकाशनको तयारीमा रहेको छ । 

    पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology