Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाए

बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ५, २०७७ सोमवार • १२:०८:४५ बजे
  • 3.3K
    SHARES
  • बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाए
    बलेवा - स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।

    केन्द्रीय प्रसारण लाइनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसापासका गाउँमा सानोतिनो वर्षामा बाढी आउँदासमेत विद्युत् अवरुद्ध हुने समस्या । गत भदौ १७ गतेको नरसंहारकारी पहिराले बगाएका लघुजलविद्युत् आयोजना मर्मत गरेर धिपधिप बत्ती बालिरहेको बुर्तिबाङले आइतबारदेखि भने बिजुली पाएको छ ।

    नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङमा स्थापना गरेको ‘नो लाइट’ कार्यालयमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बत्ती बालेर ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले केन्द्रीय प्रसारण लाइनको शुभारम्भ गर्नुभयो ।

    जिल्ला सदरमुकाम बागलुङ बजार पछिको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । ठूलो लगानी र मिहेनतपछि बुर्तिवाङवासीले आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्त रुप लिएको ढोरपाटन नगरप्रमुख नेपालीले जानकारी दिनुभयो बुर्तिबाङमा रहेको लघुजलविद्युत्ले साँझपख बिजुली बाल्ने र मोबाइल चार्ज गर्नमात्र पुग्थ्यो ।

    हरिचौरमा सब-स्टेसन निर्माण गरेर बुुर्तिबाङ बिजुली पु¥याउन सकिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुधभयो । बुर्तिबाङमा विद्युत् पु¥याउनका लागि हरिचौरको ११ केभी सब-स्टेसनदेखि बुर्तिबाङ बजारसम्म ४०० पोल गाडिएको छ । वितरण केन्द्रका अनुसार बुुर्तिबाङ बजारमा तत्कालै तीन हजार घरमा विद्युतीकरण हुनेछ ।
    जिल्लाको ताराखोला, निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा अझै विद्युत् सेवा पुगेको छैन । स्थानीयवासीले बनाएका लघुविद्युत्को भरमा बिजुली बालेका छन् ।

  • सम्बन्धित विषय:

  • # बिजुली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology