Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ ढोरपाटन नगरपालिकामा समुदायमा फैलियो कोरोना १४ जनालाई पुष्टी

बागलुङ ढोरपाटन नगरपालिकामा समुदायमा फैलियो कोरोना १४ जनालाई पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ५, २०७७ सोमवार • १३:०९:५९ बजे
  • 4.7K
    SHARES
  • बागलुङ ढोरपाटन नगरपालिकामा समुदायमा फैलियो कोरोना १४ जनालाई पुष्टी
    गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण भएको छ ।

    ढोरपाटन १ का संक्रमित नेपाल बैंक, हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि होटल, साइला होटल, सिटी क्लिनिकमा कार्यरतहरु हुन् । ढोरपाटन – ४ का ३१ वर्षीय पुरुष भने भारतबाट आई क्वारेन्टिनमा बसेका थिए ।

    तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका हुन् । त्यहाँको वडा नम्बर ५, ६, ८, १० र ११ मा संक्रमित भेटिएका छन् । सबैभन्दा बढी वडा नम्बर ५ मा १३ जना संक्रमित भेटिएका छन् ।

    बागलुङमा सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् । त्यहाँको वडा नम्बर १ मा १३ जना र वडा नम्बर ४ मा १ जना भेटिएका हुन् ।

    कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् । गोरखाका ती संक्रमित ३३ वर्षका पुरुष हालै भारतबाट आई क्वारेन्टिनमा बसेका थिए।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology