Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा चट्याङ लागेर पुरुषको मृत्यु, एक महिला घाइते

लमजुङमा चट्याङ लागेर पुरुषको मृत्यु, एक महिला घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १०:२३:३४ बजे
  • 2.6K
    SHARES
  • लमजुङमा चट्याङ लागेर पुरुषको मृत्यु, एक महिला घाइते
    लमजुङ-  लमजुङको बेँसीशहर नगरपालिका–६ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन्।

    सोमबार साँझ ५ः३० बजे चट्याङ परेर बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विक आफ्नो ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भएपछी उनलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लगिएको थियो।

    उनको उपचार कै क्रममा ८ः३० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।


    प्रहरीका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ पनि सोही चट्याङले घाइते भएकि छन् । घाइते भएपछि चिजा गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीको जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ । घाइते गुरुङको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology