Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्या बिजय लामा

कोरोना संक्रमित क्या बिजय लामाले भने " संक्रमणलाई सामान्य रुपमा नलिऔँ "

कोरोना संक्रमित क्या बिजय लामाले भने " संक्रमणलाई सामान्य रुपमा नलिऔँ "

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • ११:२०:०५ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमित क्या बिजय लामाले भने " संक्रमणलाई सामान्य रुपमा नलिऔँ "
    नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्।

    कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत उनले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्।  

    क्याप्टेन लामाले  आफू स्वस्थ्य भइरहेकाे र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि भनेका छन्।  उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology