Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा ५ प्रहरी सहित थप १९ जनामा कोरोना पुष्टि, को कहाँका हेर्नुस.............

पोखरामा ५ प्रहरी सहित थप १९ जनामा कोरोना पुष्टि, को कहाँका हेर्नुस.............

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १७:५५:०० बजे
  • 2.2K
    SHARES
  • पोखरामा ५ प्रहरी सहित थप १९ जनामा कोरोना पुष्टि, को कहाँका हेर्नुस.............
    पोखरामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडा नम्बर ७ का कार्यरत ५ जना प्रहरी सहित थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    संक्रमित प्रहरी २५, २८, ३३, ३५ तथा ४५ वर्षीय पुरुष रहेका छन् । त्यस्तै पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ३ का ३० र ४५ वर्षीय २ पुरुष सहित ३० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । उनीहरु भारत सहित सुनसरी तथा सप्तरीबाट पोखरा आएका हुन् । संक्रमितहरु क्वारेनिटनमा नै रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।


    पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो । पोखरा महानगरपालिका वडा नम्बर १४ का २८ र ५० वर्षीय महिला सहित ५८ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ ।

    यता क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब।सु।पू) का ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको विनयत्रिवेणी तथा मध्यविन्दुका हुन् । २ जना महिला सहित ७ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ५ सय २३ पुगेको छ ।

    119973044_186084286232690_2679636672528149109_o.jpg119933526_186099696231149_6607317014202094216_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology