Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा भित्तेपात्रो विमोचन

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा भित्तेपात्रो विमोचन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०८० बिहिवार • १३:११:३६ बजे
  • 1.0K
    SHARES
  • सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजद्वारा भित्तेपात्रो विमोचन

    सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले  नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन तथा संस्था परिचय कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्व रहेको सो कार्यक्रम सान ब्याङ्क्वेट खहरे, काठमाण्डौ र भर्चुअल माध्यमबाट ६ बैशाख बुधवार आयोजना गरिएको थियो ।

    images

    CBA42082-DEF0-41E0-BF1F-9D135B98E51F.jpeg

    ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ स्थापित समाजका महासचिव उत्सव खड्काले स्वागत मन्तब्य राखेका थिए । संस्था दर्ता पूर्वनै बिभिन्न देशमा रहेका सिन्धुपाल्चोक वासीले गरेका सहयोग अभियानहरु र संस्था गठनका बारे अध्यक्ष न्यौपानेले प्रष्ट्याएका थिए । सलाईका काँटीले डँडेलो सल्काए जस्तै समाजले साना साना कामबाट सकारात्मक कर्म गर्न सकोस भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले शुभकामना सन्देश दिएका थिए । कलाकार घमेश दुलालले सिन्धुपाल्चोकका कलाकारहरूले समाजसँग हातेमालो गर्न कुनै कसरत नराख्ने भन्दै शुभकामना व्यक्त गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिनाले समाजसँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा लागी रहने बताए ।

    AED69CBD-935E-4455-9C90-9BC9816E6D63.jpeg

    त्यसैगरी पूर्व स्ववियु अध्यक्ष प्रदिप पौडेलले समाजको अभियानमा सहकार्यका लागी सधैँ तत्पर रहेको र रहिरहने बताए । एआरएनए कुवेतका उपाध्यक्ष नवराज पराजुलीले देशविदेशमा रहेका सबै सिन्धुवासीलाई जोडेर अगाडि बढ्न समाजलाई सुझाब दिए । कंगारु एजुकेसन फाउन्डेसनका महेश बाबु तिमल्सीनाले विदेश रहरको शहर बन्नु पर्ने र वैदेशिक यात्राले दुःख मात्र होइन शेष घले जस्ता ठूला व्यवसायिक व्यक्तित्व उत्पादन गरेको उदाहरण दिदै सीप र शिक्षाले अगाडि बढ्न सहयोग गर्ने बताए ।विषेश अतिथिको रुपमा सम्बोधन गर्दै सुनकोशी गाउपालिका प्रमुख टपेन्द्र तिमल्सिनाले स्थानीय निकायले जनचाहना अनुरूप काम गर्न राजनैतिक पार्टीहरू सङ्लिएर एक हुनु पर्ने बताउँदै हरेक कुरामा राजनीति नगर्न सुझाब दिदै समाजसँग मिलेर विदेशबाट फर्किएकालाई पुर्नस्थापनाको लागी काम गर्ने बताए । त्यसै गरी वैदेशिक रोजगार बोर्ड सचिवालयका पूर्व कार्यकारी निर्देशक राजन श्रेष्ठले सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजले  विदेश जानु पूर्व, विदेशमा रहदाँ र विदेशबाट फर्किए पछिको तीनवटै चरणमा सुरक्षित रहनका लागी सचेतनाका कार्यक्रम ल्याउनु पर्ने बताए । उनले नेपाल सरकारको डाटा हेर्दा सिन्धुपाल्चोक जिल्ला सबै भन्दा बढि महिला कामदार बाहिरिने जिल्ला बनेको र सम्बन्धित स्थानीय निकायले उनीहरूलाई कसरी सुरक्षित रुपमा वैदेशिक रोजगारमा पठाउने बारे काम गर्नु पर्ने बताए । उनले विगत १० वर्षको डाटा हेर्दा करिव ३६ लाख नेपाली विदेशिएका, करिब १० हजारको विदेशमै मृत्यु भएको, धेरैको अंगभंग भएको बताए ।वैदेशिक रोजगारीबाट आउने रेमिटेन्सले मुलुक चलेको बताउँदै सीप सिकेर विदेश गए अझ आम्दानी हुने तिर जोड दिए ।
    प्रमुख अतिथिको रुपमा बोल्दै बाग्मती प्रदेश सभाका सदस्य माननीय सरल सहयात्रीले राहत भन्दा पनि दिर्घकालिन काम गर्न सुझाब दिए । उनले केही ब्यक्तिले काठमाण्डौंबाट पजेरो चढेर २ बोरा चामल राहत लिएको उदाहरण दिदै भने राहत भन्दा सचेतना बाढ्न अनुरोध गरे । उनले सिन्धुपाल्चोकका १२ वटै स्थानीय निकायका प्रतिनिधि र निर्वाचत सभासदहरुलाई एकै स्थानमा राखी सिन्धु बिकासका लागी छलफल गराउन समाजलाई सचेत गराए । उनले सिन्धुपाल्चोकबाट कर्णाली पुगेर वा विदेश पुगेर काम गर्नु एकै भएकोले विदेश जानु अपराध होइन तर हामी मिलेर त्यसलाइ ब्यबस्थित र सुरक्षीत बनाउनु पर्ने तर्फ सोच्नु पर्ने बताए । साथै नेपालका हरेक स्थानीय निकायले आफ्नो ठाउँबाट को कति विदेश गए डाटा राख्नु पर्ने र गाँउ स्तरमै सुरक्षीत रोजगारीको ग्यारेन्टीका लागी श्रमबैंक स्थापना गर्नु पर्ने बताए ।

    कार्यक्रमको अन्तिममा कार्य समितीलाइ परिचत गराउदै संस्था परिचय गराइएको थियो । कार्यक्रमको समापन गर्दै सिन्धु बिकासका लागी सबैलाइ हातेमालो गर्न र देश–विदेशबाट सिन्धुपाल्चोक वासीलाइ समाजमा जोडिन समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेले आग्रह गरे । समाजका सचिब तथा संचारकर्मी हरि दुलालले सञ्चालन गरेको उक्त कार्यक्रममा सिन्धुपाल्चोकका बिभिन्न राजनितिक पार्टीका प्रतिनिधीहरु, स्थानीय निकायका जनप्रतिनिधी, कलाकार, पत्रकार लगाएत सिन्धुपाल्चोक वासीको उपस्थिती रहेको थियो ।    
    केन्द्रीय कार्यसमिती बिवरणः–
    हरि कृष्ण न्यौपाने (कुवेत,हाल नेपाल–अध्यक्ष 
    माधव पौडेल (कुवेत)–उपाध्यक्ष 
    मनोज नेपाल (यूएई)–उपाध्यक्ष
    निर्मला गोले (यूएई)– महिला उपाध्यक्ष
    उत्सब खड्का  (दक्षिण कोरिया,हाल नेपाल)–महासचिव
    हरि दुलाल (यूएई, हाल नेपाल)–सचिव
    बिमल गिरी (कतार,हाल नेपाल)–कोषाध्यक्ष
    सन्जय तामाङ पाख्रिङ (कतार)–सह(कोषाध्यक्ष
    खेलकुद संयोजक–प्रेम बहादुर भण्डारी (नेपाल)
    कलाकार संयोजक–उमा श्रेष्ठ (नेपाल )
    सदस्यहरुः–
    प्रदिप कार्की (कुवेत) 
    राज कुमार भारति (कतार)
    डेन्डुप शेर्पा (कतार)
    सुवास श्रेष्ठ (कुवेत)
    आङ नोर्वु शेर्पा(कुवेत)
    दिपक राउत (यूएई)
    सरोज न्यौपाने(यूएई)
    नविन श्रेष्ठ (दक्षिण कोरिया)
    नारायण नेपाल (दक्षिण कोरिया)
    सन्जिव भण्डारी (दक्षिण कोरिया)
    मदन खड्का (दक्षिण कोरिया)
    हरेराम घिमीरे (नेपाल) 
    किर्ती माया तामाङ (कुवेत,हाल नेपाल)
    सरोज लामीछाने (नेपाल)
    संयोजकहरुः–
    शमशेर योन्जन (अमेरिका)
    राजन नेपाल (अष्ट्रेलिया)
    यादव तिमल्सिना (पोल्यान्ड) 
    प्रमोद पराजुली (जापान)
    मोहन कार्की (क्यानडा)
    दिलिव.प राय (मलेशिया)
    सह–संयोजक
    सरू खड्का(जापान)

  • सम्बन्धित विषय:

  • # पोखरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology