Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा शिसुवाबाट बाघको छाला र सालकको खपेटा सहित एक युवा पक्राउ

पोखरा शिसुवाबाट बाघको छाला र सालकको खपेटा सहित एक युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १२:२८:५२ बजे
  • 4.1K
    SHARES
  • पोखरा शिसुवाबाट बाघको छाला र सालकको खपेटा सहित एक युवा पक्राउ
    आश तमु पोखरा - पोखराको शिसुवाबाट कास्की प्रहरीले बाघको छाला र सालकको खपेटा सहित एक युवालाई पक्राउ गरी कानुनी कारवाही चलाएको छ ।

    अबैध बाघको छाला,सालकको खपेटा, हाड,खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ धादिङ गल्छी गाउँपालिका– ४ निवासी २८ वर्षीय सन्तोष लामिछानेलाई  पक्राउ गरेको हो ।

    मंगलबार साँझ ६।३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले  पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प। ७८०६ नम्बरको मोटरसाइकल मा जाँदै गर्दा अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    लामिछानेको साथबाट जेब्रा झोलामा छुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले बताए  ।

    लामिछानेलाई  थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको  प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology