Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोरखामा एक युवकको  भीरबाट लडेर मृत्यु

गोरखामा एक युवकको  भीरबाट लडेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १५:४१:०१ बजे
  • 2.3K
    SHARES
  • गोरखामा एक युवकको  भीरबाट लडेर मृत्यु
    गोरखा - गोरखामा एक युवकको  भीरबाट लडेर मृत्यु भएको छ ।

    धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको लेकमा जडिबुटी खोज्न जाने क्रममा ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

    गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । 

    जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्रबहादुर गुरुङले भदौ ५ गते भीरबाट लडेर निधन भएपनी हिजोमात्र जानकारी आएकाले अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको बताए ।

    यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जाने र  त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल हिड्नु पर्ने भएपछी टाढा भएकाले खबर आउन ढिला भएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology