Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध

लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १५:४६:२४ बजे
  • 2.1K
    SHARES
  • लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध
    लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध भएका छन् । बेनी–पोखरा सडकअन्तर्गत सहस्रधारामा पहिरो जाँदा यातायात ठप्प छ ।

    त्यस्तै बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, गुइँठे र रुप्से छहरानजिक सडकमा पहिरो खसेको छ । सोही सडकको बेगखोलामा बाढी आउँदा पैदल यात्रासमेत मुस्किल भएको छ ।

    सदरमुकामबाट बागलुङ पश्चिम बुर्तिबाङ जोड्ने सडकको घुमाउने र दरबाङनजिक पहिरो झरेको छ । बेनी नगरपालिकाको रानीवन तथा खबरामा पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    सदरमुकाम जोड्ने सबै सडकमा यातायात अवरुद्ध भएकाले कहीँ विपद् आइलागे उद्धारका लागि पुग्न समस्या भएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ । ‘मंगलबारबाट लगातार पानी परिरहेको र अझै केही दिन भारी वर्षा हुन सक्ने जोखिम रहेकाले उच्च सतर्क अवस्थामा छौं । स्थानीय तहलाई पनि सतर्क अवस्थामा रहन समन्वय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।यो समाचार घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology