Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जा पहिरो

स्याङ्जामा पहिरोले पुरिएर सात महिने बालक सहित एकै परिवारका ९ जनाको मृत्यु ,सबैको शव फेला

स्याङ्जामा पहिरोले पुरिएर सात महिने बालक सहित एकै परिवारका ९ जनाको मृत्यु ,सबैको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७७ बिहिवार • ११:४७:१७ बजे
  • 8.0K
    SHARES
  • स्याङ्जामा पहिरोले पुरिएर सात महिने बालक सहित एकै परिवारका  ९ जनाको मृत्यु ,सबैको शव फेला
    आश तमु पोखरा - स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बिहीबार बिहान घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

    मृत्यु हुनेमा ७ महिनाका बालक पनि रहेको प्रहरीले बताएको छ । बच्चा कसको हो र नाम के हो भन्ने नखुलेको डीएसपी अधिकारीले बताए । डीएसपी अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

    पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

    यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology