Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१२ बर्षिया दलित बालिकाको बलात्कारपछि हत्या

१२ बर्षिया दलित बालिकाको बलात्कारपछि हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७७ बिहिवार • १३:२१:१८ बजे
  • 3.9K
    SHARES
  • १२ बर्षिया दलित बालिकाको बलात्कारपछि हत्या
    बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया दलित बालिकाको बलात्कारपछि हत्या भएको छ । 

    बुधबार बेलुका ४ः३० बजे उनको गाउँ खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिका अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा पर्ने सिम मन्दिरमा उनको शव भेटिएको हो ।

    बालिकाको शरीरभरि निलडाम छन् । उनको यौनीबाट रगत र पानीसमेत बगेको अवस्था छ भने बालिकाले लगाएको सुरुवालसमेत नभएको नग्न अवस्थामा शब फेला पारेको वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।

    बालिकाले कानमा लगाएको ५ आना बराबरका सुनसमेत लुटेर लगेको बाजे गोर्ख कामीले बताए । बालिकाका बुबा आमा रोजगारीका लागि भारतमा नै छन् । बालिका मष्टा निमावि तुतीका कक्षा ६ मा अध्यनरत बालिका हुन् ।

    यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेर्तत्वको टोली सहीत घटना स्थलमा पुगेको छ । डीएसपी खड्काले बालिकाले कानका लगाएको मुन्द्रा नभएको र बालिकाको बलात्कारपछि हत्या भएको जानकारी दिदै उनले आफुहरु अनुसन्धानमा लागिपरेको बताए ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology