आश्विन ८, २०७७ बिहिवार
•
१७:२१:१७ बजे
पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट देश भर थप १७ जनाको निधन भएको छ । देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचजना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।
संक्रमणबाट निधन हुनेमा काठमाडौंका एक महिला र तीन पुरुष गरी चारजना छन् । धनुषाका दुई पुरुष, भक्तपुरका एक महिला र एक पुरुष गरी दुई जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मोरङकी, सुनसरी, धादिङका एक–एक महिलाको मृत्यु भएको हो । झापा, रौतहट, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका एक–एकजना पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।