म्याग्दी आफ्नो छोराको जन्मदिनको अबसर पारेर राष्ट्रिय युवासॅघ नेपालका केन्द्रिय सदस्य तथा बेनी यातायात प्रा. ली का कार्यकारी प्रमुख भोज बहादुर थापा (कुमार ) र आमा हेमा छन्तयालले नेपाल बाल संगठन अन्तरगत म्याग्दी बाल गृहमा रहेका १३ जना अनाथ बालबालिकालाई करिब १० हजार बराबारको लत्ताकपडा हस्तान्तरण गर्नु भएको छ।

छोरा इमरान थापाको जन्मदिनको अबसर पारेर जन्मदिनको अबसरमा गरिने केक काट्ने भोज भतेर जाॅड रक्सी सेवन जस्ता फजुल खर्चलाई कटौती गरेर बाल गृहका आफ्ना छोरा छोरी जस्तै बालबालिकालाई सहयोग गरेको थापाले जानकारी दिनु भयो।छोराको यो पबित्र दिनमा आफ्नो तर्फ बाट यो सानो सहयोग गर्दा आफ्ना छोरा जस्तै धेरै छोरा छोरीहरु खुसी भएको भन्दै आगमी दिनहरुमा पनि यसरी नै बालगृहमा सहयोग लिएर आउनेप्रतिबद्दता समेत उहांले ब्यक्त गर्नु भएको छ।
सहयोग हस्तातन्तरण कार्यक्रम नेपाल बाल संगठनका अध्यक्ष नयनकुमार श्रेष्ठकाे अध्यक्ष्यता सचिब ज्ञान गिरि संचालन र काेषाअध्यक्षज्ञानेन्द्र श्रेष्ठ र समाजसेबि लालु किसान ,दलित युवा संजालका अध्यक्ष किसान बि क उपस्थितिमा सम्पन्न भएको थियो ।