Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुडिरहेको बसमाथि पहिरो खसी भिरबाट खस्दा दाउन्‍नेमा एकजनाको मृत्यु

गुडिरहेको बसमाथि पहिरो खसी भिरबाट खस्दा दाउन्‍नेमा एकजनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७७ शुक्रवार • ०९:५६:२५ बजे
  • 1.6K
    SHARES
  • गुडिरहेको बसमाथि पहिरो खसी भिरबाट खस्दा दाउन्‍नेमा एकजनाको मृत्यु
    नवलपरासी - गुडिरहेको बसमाथि पहिरो खसी भिरबाट खस्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा एकजनाको मृत्यु भएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडक माथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुम-पश्चिम आठबीसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।  दुर्घटनमा अन्य ६ जना घाइते भएका छन् । 

    बस भिरबाट खस्दा सख्त घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । 

    बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना।५ख ७९४० नम्बरको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । -रासस

  • सम्बन्धित विषय:

  • # पहिरो
  • # दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology