Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमित गर्भवतीले शिशु जन्माए

पोखरामा कोरोना संक्रमित गर्भवतीले शिशु जन्माए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७७ शुक्रवार • १०:५५:१३ बजे
  • 2.1K
    SHARES
  • पोखरामा कोरोना संक्रमित  गर्भवतीले  शिशु जन्माए
    पोखरा आश तमु  - पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना संक्रमित  गर्भवतीले  शिशु जन्माएकी छन् । भारतको विहार मोतीहारी जिल्ला घर भई पोखरा बस्दै आएकी २४ वर्षीया महिलाको अप्रेसन गरी बच्चा निकालिएको हो ।

    बिहीबार साढे १ बजे अप्रेसन गरी बच्चा निकालिएको अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले जनाए ।आमा सकुशल रहेको अस्पतालले जनाएको छ । बच्चालाई एनआइसियुमा राखेर उपचार गरिएको छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा।चुममाया पुन नेतृत्वमा बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, एनेस्थेसिस्ट डा रोहिणी सिग्देलको टिम अप्रेसनमा संलग्न थियो । नर्सिङ कर्मचारी आरती अधिकारी, लक्ष्मी पराजुली, गीता परियार र कार्यालय सहयोगी पवित्रा भण्डारीको समेत शल्यक्रियाका विभिन्न भूमिकामा साथ रहेको गरिएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

    ती महिला असोज ५ गते क्षेत्रीय अस्पताल भर्ना भएकी थिइन् । ६ गते उनको स्वाब लिएर कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसै दिनदेखि ती महिलालाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology