पोखरामा थप १० जनामा कोरोना पुष्टी भएको छ । पोखरा न्युरोड भाटभटेनीमा कार्यरत २४ वर्षीय पुरुष सहित पोखरामा थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको भाटभटेनीमा कार्यरत उनी वडा नम्बर १७ का हुन् । उनको नमुना संकलन गण्डकी मेडिकल कलेज पोखरामा भएको थियो ।
त्यस्तै पोखरा २७ का ३० वर्षीय महिला तथा ५९ र ६० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा २९ का ४९ वर्षीय पुरुष, वडा नम्बर ३० का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ३१ का १३ वर्षीय बालिका सहित २० वर्षीय महिला तथा १६ र ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा २ र ३० का २ जना भारतबाट आएका हुन् ।
यता कास्कीको माछापुच्छ«े गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ६ की २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

यता लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको राइनास २ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गोरखाका १२ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको पालुङटार १ का ३ पुरुष तथा ४ महिला, बारपाक सुलिकोट ८ का १ महिला तथा १ पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै गण्डकी ५ का १ जना पुरुष, भीमसेन ३ का २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
नवलपरासी (ब।सु।पू) का ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित सबै गैंडाकोटका हुन् । गैंडाकोटको वडा नम्बर २, ३, ४, ५, ६, ८ तथा १४ कालाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कारोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६ सय ४५ पुगेको छ ।