Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ शुक्ला गण्डकी नगरपालिका-७ कुम्ले खोलामा एक वृद्धाको विभत्स हत्या

तनहुँ शुक्ला गण्डकी नगरपालिका-७ कुम्ले खोलामा एक वृद्धाको विभत्स हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७७ शुक्रवार • २२:१२:०० बजे
  • 2.1K
    SHARES
  • तनहुँ शुक्ला गण्डकी नगरपालिका-७ कुम्ले खोलामा एक वृद्धाको विभत्स हत्या
    काठमाडौं- तनहुँको शुक्ला गण्डकी नगरपालिका-७ कुम्ले खोलामा एक वृद्धाको विभत्स हत्या भएको छ।

    ६० वर्षीया तेजकुमारी ढकालको दुवै हात खुट्टा बाँधेको र घाँटीमा सलले कसेँको अवस्थामा आफ्नै घरमा शुक्रबार शव भेटिएको थियो। शव भेटिएको १२ घण्टा पनि बित्न नपाउँदै प्रहरीले ४६ वर्षीय शिव गौतमलाई पक्राउ गरेको छ।

    १५ दिनअघि मात्र कुम्लेमा मजदुरी गर्न पुगेका गोरखाको भीमसेन थापा गाउँपालिकाका गौतम शुक्रबार बिहानैदेखि त्यस गाउँबाट हराएका थिए। प्रहरीले उनलाई ब्यास नगरपालिका-२ शहिद गेटमा हुलिया परिवर्तन गरेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको तनहुँका प्रहरी प्रवक्ता युवराज तिमल्सिनाले जानकारी दिए।

    गौतम घटनास्थलभन्दा २ सय मिटर पर रहेको भैँसी फार्ममा काम गर्दै आएका थिए। मृतक ढकाल सानो किराना पसल चलाएर एक्लै बस्दै आएकी थिइन्। श्रीमान र छोराछोरी भएपनि उनी एक्लै बसिरहेको डीएसपी तिमल्सिनाले जानकारी दिए।

    प्रहरीले लुटपाट गर्ने उदेश्यले गौतमले ढकालको हत्या गरेको जनाएको छ। ‘ बिहीबार साँझ नै वृद्धाको हत्या भएको देखिन्छ। गौतमले केही पैसा र एक तोला सुन लुटेको पाइएको छ’, तिमल्सिनाले भने। प्रहरीका अनुसार गौतमले हसियाँले ढकालको शरिरका विभिन्न भागमा अन्धाधुन्ध काटेका थिए।

    प्रहरीले घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुर प्रयोग गरेको थियो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology