Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बलात्कार हत्या प्रकरण: पहिलो बलात्कारमा मिलापत्र, दोस्रोमा प्रमाण लुकाउन हत्या

बलात्कार हत्या प्रकरण: पहिलो बलात्कारमा मिलापत्र, दोस्रोमा प्रमाण लुकाउन हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • १६:३९:२४ बजे
  • 2.4K
    SHARES
  • बलात्कार हत्या प्रकरण: पहिलो बलात्कारमा मिलापत्र, दोस्रोमा प्रमाण लुकाउन हत्या

    बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कार र हत्यामा संलग्न भनिएका राजेन्द्र बोहरा यसअघि पनि बलात्कारमा संलग्न भएको प्रहरीले पत्ता लगाएको छ ।

    बोहराले यसअघि पनि गाउँकै एक दलित बालिकाको बलात्कार गरेको प्रमाण अनुसन्धानका क्रममा फेला परेको प्रहरीले बताएको छ । यसअघि १४ वर्षीय बालिकालाई बलात्कार गरी गाउँमै मिलापत्र गरिएको कागजात प्रहरीले फेला पारेको हो ।

    images

    बोहरा परिवारको गाउँमा घट्ट भएको र घट्टमा आएका बेला ती बालिकामाथि बलात्कार भएको प्रहरीले तथ्य फेलmा पारेको हो । उक्त घटनामा गाउँकै केही व्यक्तिको रोहबरमा कागज गरी मिलापत्र गरिएको थियो ।

    मिलापत्रमा यदि बालिका आमा बन्ने अवस्था आएमा आफूले जिम्मा लिने बोहराले कबुल गरेका छन् । प्रहरीले सम्झना प्रकरणसँगै यो घटनालाई पनि कानुनी प्रक्रियामा लैजाने तयारी गरेको छ ।

     गत बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमा नै बलात्कार पछि हत्या भएको थियो । घटनामा संलग्न भएको आशंकामा छिमेकी १८वर्षका राजेन्द्र बोहोरा पक्राउ परेका थिए । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology