आश्विन ११, २०७७ आइतवार
•
१६:४७:०४ बजे
पोखरा - पोखरामा आइतवार २१ जना कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरका २१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ३ तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्टमा काम गर्ने २०, २२, २३, २३, २४ र २८ वर्षका पुरुष तथा २५ वर्षीय महिला रहेका छन।
यसै गरी पोखरा ३ कै नेपाल प्रहरीमा कार्यरत २७ वर्षीय पुरुष र पोखरा १५ का ३८ वर्षीय नेपाल प्रहरीमा कार्यरत पुरुष रहेका छन ।
पोखरा ८ का २४, ३६ , ३७ र ३८ वर्षका पुरुष तथा १९ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा १५ का २१ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, पोखरा १७ का २७ वर्षीय पुरुष , पोखरा २० का २३ वर्षीय पुरुष र पोखरा ३३ का १९ वर्षीय पुरुष तथा २१ वर्षीया महिला रहेका छन् ।