Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि ,को कहाँका ? हेर्नुस

बागलुङ जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि ,को कहाँका ? हेर्नुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १७:१६:२७ बजे
  • 1.4K
    SHARES
  • बागलुङ जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि ,को कहाँका ? हेर्नुस
    बागलुङ -  बागलुङ जिल्लामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको  परीक्षणमा चार पालिका गल्कोट बागलुङ काठेखोला र बागलुङ गरी १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    संक्रमितहरु मध्य गल्कोट नगरपालिकाका १४ जना ३ का ४ वर्षीय बालिकासहित, २० वर्षीय पुरुष, १९ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष, ५१ वर्षीय पुरुष, ३९ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष र ७७ वर्षीया महिला रहेका छन् भने वडा नम्बर १ का ४७ वर्षीय एक जना पुरुष, वडा नम्बर ४ का एक जना ६९ वर्षीया एक महिला, वडा नम्बर ५ का २१ र २२ बर्षिय दुई जना पुरुष र वडा नम्बर ६ का ३५ र ५२ वर्षीय दुई जना पुरुष रहेका छन ।गल्कोटका संक्रमितहरु मध्य तीन जना जापान, दुई जना दुबई, एक जना क्यानडा, एक जना ओमनदेखि आएका हुन् भने अन्य भारतदेखि आइ क्वारेन्टाइनमा बसिरहेका हुन ।

    काठेखोला गाउँपालिकाका १० जना जसमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५२, ४१, ५२, ५७, २८ र २२ वर्षीय ६ जना पुरुष, वडा नम्बर ३ का ४१ र ४१ वर्षीय दुई जना पुरुष, वडा नम्बर ७ का ४५ वर्षीय एक जना पुरुष, वडा नम्बर ८ का ४१ वर्षीय एक जना पुरुष रहेका छन 

    यस्तै जैमिनी नगरपालिकाका २ जना र बागलुङका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

    बागलुङ नगरपालिका–१० का ४३ वर्षीय एक जना पुरुष, वडा नम्बर ६ का ५२ र ४० वर्षीय एक जना पुरुष, वडा नम्बर २ का २२ वर्षीय एक जना पुरुष र वडा नम्बर ३ का २८ वर्षीय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य बानपा–६ का ५२ वर्षीय पुरुष समुदायका रहेको र अन्य भारतदेखि आई क्वारेन्टाइनमा बसेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । 

    जैमिनी नगरपालिका वडा नम्बर १ का ४० वर्षीय र वडा नम्बर ५ का २२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतदेखि आई क्वारेन्टाइनमा बसेको हुन् ।

    जैमिनी र काठेखोला गाउँपालिकाका संक्रमितहरुलाई धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमा, बागलुङ नगरपालिकाका बानपा–१ बाङ्गेचौरमा रहेको धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा र गल्कोट नगरपालिकाका संक्रमितहरुलाई गल्कोट नगरपालिकाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology