Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा जेसिजको रक्तदान मा ४५ युनिट रगत संकलन

पोखरा जेसिजको रक्तदान मा ४५ युनिट रगत संकलन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १७:३०:२८ बजे
  • 1.3K
    SHARES
  • पोखरा जेसिजको   रक्तदान मा ४५ युनिट रगत संकलन

    पोखरा -  पोखरा जेसिजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

    पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्था समेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  सामाजिक कार्यमा क्रियाशिल पोखरा जेसिजले रक्तदान संगै सप्ताहव्यापी कार्यक्रमको समेत शुभारम्भ गरेको छ । पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका थिए ।

    सोहि क्रममा बोल्दै महानगर प्रमुख जिसीले महामारीको समयमा समेत रक्तदान गर्नु सरानिय कार्य रहेको बताए । ‘अहिलेको विषम् परिस्थितीमा समेत पोखरा जेसिजले रक्तदान गर्नु साच्चैनै सरानिय कार्य हो । अहिले कोरोना प्रकोपले थलिएको समयमा समेत सकरात्मक सन्देश प्रवाह गर्नाले हाम्रो सोचमा परिवर्तन आउँन सक्छ । रगत दिनु भनेको कसैको ज्यान बचाउनु हो ’ जिसीले भने – यसरी नै सामाजिक कार्यगर्दै संस्थाहरु मध्येमै उत्कृष्टता हासिल गर्न सकोस र सप्ताहव्यापी कार्यक्रम उत्साहपुर्व सम्पन्न होस् ।’

    त्यसतै पोखरा–१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले जेसिजको कार्य सधैँ सम्मान योग्य रहेको बताए । उनले संस्थाको स्तरोन्नतीको समेत कामना गरे । सोहि क्रममा बोल्दै साप्ताहिक कार्यक्रमका संयोजक मिनराज खड्काले पोखरा जेसिज व्यक्तित्व र नेतृत्वमा कुसल भएर काम गर्ने संस्था भएको बताए । कार्यक्रमको बारेमा जानकारी दिदैँ उनले शुरुवात आफ्नै घरबाट गरेको बताए । कोरोनालाई स्विकारेर सामान्य जीवन जिउन तर्फ लाग्नुको लागि भन्दै आफुहले कार्यक्रमलाई निरन्तरता दिने बताए ।

    सोहि क्रममा बोल्दै पोखरा जेसिज अध्यक्ष शिवप्रसाद सापकोटाले जिवनदान जस्तो महत्वपुर्ण कार्यमा सरिक हुने सबैैलाई धन्यवाद दिदैँ आफुहरुलाई सामजमा सहयोग गर्न थप हौसला मिलेको बताए । कार्यक्रममा स्वागत मन्तव्य बलराम कुवँरले राखेका थिए भने कार्यक्रम सञ्चालन अनन्त प्रधानङ्गले गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # रक्तदान
  • # पोखरा जेसिज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology