Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा २७ तालचोकबाट बाग्लुङ जैमुनी घर भएका शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

पोखरा २७ तालचोकबाट बाग्लुङ जैमुनी घर भएका शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७७ सोमवार • १६:१३:२८ बजे
  • 7.5K
    SHARES
  • पोखरा २७ तालचोकबाट  बाग्लुङ जैमुनी घर भएका शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
    कास्की - पोखरा २७ तालचोकमा तास खेलिरहेको अवस्थामा ७ जनालाई  प्रहरीले पक्राउ गरेका छन् । 

    पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उक्त स्थानमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # तास खेलिरहेको
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology