Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा ९ महेन्द्रपुलबाट लागू औषध सहित एक युवा प्रकाउ

पोखरा ९ महेन्द्रपुलबाट लागू औषध सहित एक युवा प्रकाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • १६:४०:२१ बजे
  • 2.8K
    SHARES
  • पोखरा ९ महेन्द्रपुलबाट लागू औषध   सहित एक युवा प्रकाउ
    आश तमु पोखरा - कास्की प्रहरीले पोखरा ९ महेन्द्रपुलबाट लागूऔषध सहित एक युवालाई प्रकाउ गरेको छ।

    पोखरा महानगरपालिका ९ महेन्द्रपुल डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका ८ डढुआ घर भएका २७ वर्षीय सन्तोष परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology