Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना

पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७७ सोमवार • १६:५४:३७ बजे
  • 832
    SHARES
  • पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना
    पर्वत - नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका-४ स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार स्थापना भएको छ ।

    पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक बिश्वराज अधिकारी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित पालिकाका जनप्रतिनिधिहरु समेतको उपस्थितिमा उक्त प्रहरी चौकी स्थापना गरिएको हो ।

    वहाकी ठाँटी क्षेत्रमा बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम एवम् बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्न सो स्थानमा घर भाडामा लिई प्रहरी हवल्दार बोधराज पौडेलको नेतृत्वमा ४ जना प्रहरी कर्मचारीहरू कार्यरत रहने गरी सेवा शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरी चौकी स्थापना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology