ललितपुर । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा एकजनाको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एकजनाको गएराति मृत्यु भएको हो ।
रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताएका छन् ।