Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्याङ्जामा ढिस्कोले पुरिएर एकको ज्यान गयो दुई जना घाइते

स्याङ्जामा ढिस्कोले पुरिएर एकको ज्यान गयो दुई जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १३, २०७७ मंगलवार • १६:२७:०० बजे
  • 1.2K
    SHARES
  • स्याङ्जामा ढिस्कोले पुरिएर एकको ज्यान गयो दुई जना घाइते
    स्याङ्जा वालिङ नगरपालिका–११ पनिर गैह्रामा ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

    गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वालिङ–११ बस्ने ३९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

    ढिस्कोले पुरिएर घाइते भएका थापालाई उपचारका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको हो।

    थापासँगै ३१ वर्षीय नारायणी सिंजाली र ३५ वर्षीय मुना थापा ढिस्कोले पुरिँदा घाइते भएका थिए। उनीहरू दुबै जना उपचारपश्चात् डिस्चार्ज भएको डिएसपी अधिकारीले बताए।

    उपचारका क्रममा मृत्यु भएका थापाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology