Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम पश्चिममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

रुकुम पश्चिममा मारिएका नवराज विकलाई सरकारी पुरस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७७ सोमवार • १५:५८:१० बजे
  • 2.8K
    SHARES
  • रुकुम पश्चिममा मारिएका  नवराज विकलाई सरकारी पुरस्कार

    रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो ।

    images

    यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

     

    जसमा एक लाख रुपैयाँ राशिको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा.डा. दयाराम श्रेष्ठले पाउनेछन् भने संगीत तथा नाट्य विधातर्फ सिहाराका सत्यनारायण चौधरीले राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेछन् ।

    ललितकलातर्फ भने काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्‍कृत गरिने मन्त्रालयले जनाएको छ । यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशिको प्रादेशिक प्रतिभा पुरस्कारसमेत प्रदान गरिन्छ ।

    सरकारले सोमबार नै महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम समेत छनोट गरेको छ ।अनलाइनखबर

    हेर्नुहोस् पुरस्कारसम्बन्धी पर्यटन मन्त्रालयको विज्ञप्ति

     

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology