Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दश हजार रुपैयाँ घुस रकमसहित कर्मचारी पक्राउ

दश हजार रुपैयाँ घुस रकमसहित कर्मचारी पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७७ बुधवार • ११:४६:४७ बजे
  • 1.4K
    SHARES
  • दश हजार रुपैयाँ घुस रकमसहित कर्मचारी पक्राउ
    इलाम- दश हजार रुपैयाँ घुस रकमसहित एक कर्मचारीलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगे हात पक्राउ गरेका हुन् ।

    आयोगको इटहरीस्थित कार्यालयको टोलीले ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।

    करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधारमा ढकाललाई पक्राउ गरिएको र ‘अहिले थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी ढकालको भनाई छ ।’ ढकाल करदाता सेवा कार्यालयबाट एक वर्ष अघि सेवा निवृत भएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology