Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना प्रहरी नियन्त्रणमा

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना प्रहरी नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७७ बुधवार • १२:३५:४८ बजे
  • 2.2K
    SHARES
  • सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना प्रहरी नियन्त्रणमा
    भक्तपुर प्रहरी सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा दुई कनालाई पक्राउ गरी कारबाही सुरु गरेको छ । 

    पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन्।

    भक्तपुर नगरपालिका–१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

    उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # लुटपाट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology