Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने पक्राउ

प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • १३:०६:३१ बजे
  • 3.7K
    SHARES
  • प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने पक्राउ
    प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्नेलाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् ।

    नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै  बुधबार रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन् ।

    ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।

    पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको एसपी पन्तले बताइन् ।

    पक्राउ पर्नुअघि यादवले देवपार्टी प्यालेसमा प्रहरी सहायक निरीक्षक (असई), राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । रातोपाटीलाई प्राप्त भिडियोमा रायले २१ जनालाई परीक्षा लिँदै थिए । परीक्षा लिँदै गर्दा रायलाई प्रहरीले पक्रेको हो ।

    रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, तिनको प्रश्न पत्र थान–२६, खरिदारको प्रवेश पत्र थान–१ बरामद भएको एसपी पन्तले जानकारी दिइन् ।

  • सम्बन्धित विषय:

  • # ठगी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology