Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ कुवेतमा, एनसीसीलाई ५ लाख र केन्द्रमा १० करोडको राहत कोष खडा गर्ने

एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ कुवेतमा, एनसीसीलाई ५ लाख र केन्द्रमा १० करोडको राहत कोष खडा गर्ने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १६, २०८० मंगलवार • १५:११:०१ बजे
  • 1.5K
    SHARES
  • एनआरएनए अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ कुवेतमा, एनसीसीलाई ५ लाख र केन्द्रमा १० करोडको राहत कोष खडा गर्ने

    गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११औं महाधिवेशनका अध्यक्ष प्रत्यासी महेश श्रेष्ठ कुवेत आएका छन । 

    images

    आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष समेत रहेका दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी दौडाहामा उत्रिएका श्रेष्ठ चुनावी माहोल तय गर्न कुवेत आएका हुन । 

    IMG_0525.jpeg

    कुवेत स्थित एनसीसीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो उम्मेदवारी  केका लागि भन्ने बिषयमा बोल्दै प्रवासी श्रमिकको हकहितको लागि सरकार संग समन्वय गरि निति बनाउन मुख्य भुमिका खेल्ने बताउदै एनसीसी कुवेतले स्थापना गरेको राहत कोषका लागि पाँच लाख दिने र अध्यक्षमा आफु निर्बाचित भए १० करोडको राहत कोष स्थापना गर्ने जानकारी गराए । साथै श्रेष्ठले उक्त रकम विशेष  रूपमा प्रवासी श्रमिकहरुको उद्दार र हितका लागि प्रयोग गरिने प्रष्ट पारे। स्मार्ट एनआरएन आजको आवश्यकता भन्दै आफु नेतृत्वको लागि कुनै पनि सम्झौता नगर्ने बक्ताहरुको जिज्ञासा्मा जानकारी गराएका थिए। 

    विभिन्न मुलुक दौडाहाका क्रममा अध्यक्षका प्रत्यासी श्रेष्ठ संगै सचिवका प्रत्यासी कृष्ण जिबि पन्त र अभियान्ता सन्तोष जोसी संगै कुवेत आएका हुन। उक्त कार्यक्रममा एनआरएनएका अध्यक्ष रनध्वज लामाको अध्यक्षता, बरिस्ठ उपाध्यक्ष दिल कुमार पाख्रीनको स्वागत र महासचिव मनिस केसी र संरक्षक सुजन केसीले सम्युक्त रूपमा संचालन गरेका थिए। कार्यक्रममा एनआरएनए कुवेतका महिला उपाध्यक्ष रमिता तामाङ, बरिस्ठ उपाध्यक्ष होमनाथ गिरी, संरक्षक राजेन्द्र तामाङ, आदिवासी जनजाति महासंघका प्रतिनिधि भुमिराज राई, प्रबासी नेपाली एकता मंचका अध्यक्ष युवराज गैरे, प्रबासी नेपाली मन्चका अध्यक्ष राजु थापा, जनसम्पर्क समिति कुवेतका महामन्त्री केशर घलान, पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी लगायतले कुवेतमा श्रमिकहरु समस्या समाधान गर्न दोहोरो श्रम सम्झौताको पहल गर्न आग्रह गर्दै पछिल्लो पटक दूतावासले खेलेको भुमिका खरो रूपमा उठाएका थिए। 

    बक्ताहरुले राखेका जिज्ञासा प्रमुख अथिति श्रेष्ठले जवाफ दिएका थिए भने कृष्णजिबि पन्त र सन्तोष  जोशीले अध्यक्षका प्रत्यासी श्रेष्ठलाई समर्थन जनाउनुको कारण प्रष्ट पारेका थिए।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology