Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८० शुक्रवार • १७:५९:०४ बजे
  • 2.1K
    SHARES
  • वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

    वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । 

    images

    विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुयाएका छन् । छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ । मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ । 

    यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ । यो कार्य वैधानिक हुँदैन । तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ । गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका सदस्य, आफन्त र छिमेकीलाई विदेश पठाउन मानव तस्करका रूपमा सक्रिय हुन्छन् । '

    वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । तर श्रम स्वीकृतिबिना धेरै महिला अहिले पनि दलालको फन्दामा परेर खाडीलगायत मुलुकमा घरेलु कामदारका रूपमा बेचिइरहेका छन् । अहिले विश्वका सामाजिक अपराधमध्ये मानव बेचबिखन तथा तस्करी जल्दोबल्दो रूपमा मौलाएका छन् । यस्ता घटनाहरूलाई देश वा गन्तव्य देशमा गैरकानुनी मानिन्छ भने त्यो मानव तस्करी हो ।  नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology